काठमाडाैँ - आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारहरुको अभिनय रहेको छ।
केही वर्षको अन्तरालपछि धीरेन र राजेन्द्रले यही फिल्ममार्फत पुनरागमन भएका हुन्। घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर फिल्मको कथा घुमेको छ। रोमान्स, इमोसन र एक्सन मिश्रीत सिनेमामा बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा रहेका छन्।
आरएल लामा मोक्तान निर्देशित फिल्मलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन्। जीवन लामा कार्यकारी निर्माता रहेको फिल्मका सह-निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन्।
रामेश्वर हुमागाईले खिचेको फिल्मका गीतमा विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन गरेको सिनेमामा राजु किराँतीको द्वन्द्व निर्देशन रहेको छ।