इरानसँगको आणविक वार्तालाई गति दिनु आवश्यक : राष्ट्रपति इमानुएल म्याक्रोँ 

 एजेन्सी - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न ‘गति दिनुपर्ने’ बताएका छन्। इरानी समकक्षी एब्राहिम रायसीसँग टेलिफोन वार्ताका क्रममा इरानसँगको परमाणु सम्झौताको हस्ताक्षर कर्ता फ्रान्सले उक्त धारणा राखेको हो।

यूरोपेली संघ मध्यस्थले अवरोध तोड्न ‘राजनीतिक निर्णय’ का लागि आह्वान गर्दा भियनामा पछिल्लो चरणको विराम गरिएको कुरा बताइएको एक दिनपछि शनिबार राइसीसँग म्याक्रोँको उक्त आह्वान आएको हो। 

इरान, अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रुससँग भएको सन् २०१५ को सम्झौतालाई पुनः ब्युँताउने उपलब्धिको खोजीमा कुटनीतिज्ञहरु अष्ट्रियाको राजधानीमा भेटवार्ता गर्दै आएका छन्।

कुनै पनि सम्झौतामा सबै पक्षहरूबाट स्पष्ट र पर्याप्त प्रतिबद्धता आवश्यक पर्नेछ भन्ने कुरामा जोड दिँदै उहाँले कूटनीतिक समाधान सम्भव र आवश्यक छ भन्ने आफ्नो विश्वासलाई दोहोर्याएका हुन्। 

“भियनामा वार्ता पुनः आरम्भ भएको वार्तालाई रोक्नु नहुने बरू ठोस प्रगति शीघ्र प्राप्त गर्न तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यक छ,” उनले भने। 

म्याक्रोँले इरानले रचनात्मक दृष्टिकोण देखाउनुपर्ने र आफ्ना दायित्वहरूको पूर्ण प्रयोगमा फर्कनुपर्ने आवश्यकतामामाथि जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×