सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

काठमाडौँ - सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छिन्।

डब्लुटिए १०००- स्तरको वेस्टर्न एण्ड साथर्न ओपन टेनिसको पहिलो चरणमा सेरेना विलियम्स बेलायती नम्बर एक खेलाडी एमा रादुकानुसँग पराजित भएकी हुन्।

मासनमा भएको खेलमा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सेटमा पराजित गरेकी हुन्। सन्यासको घोषणा गरेपछिको दोस्रो खेलमा सेरेना पराजित भएकी हुन्।

युएस ओपन टेनिसकी साबिक विजेता रादुकानु दोस्रो चरणमा प्रवेश गरेकी छिन्। रादुकानुले खेलपछि सेरेनासँग खेल्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको र उनी आफ्ना लागि उत्प्रेरणाको स्रोत रहेको उल्लेख गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×