जैसीदेवल पुन:निर्माणका लागि चौँथोपटक म्याद थप्ने तयारी

काठमाडौँ । विसं २०७४ असार मसान्तसम्म देवल पुन:निर्माण सक्नुपर्ने निर्माण व्यवसायीसँगको सम्झौता पत्रमा उल्लेख थियो । २०७३ साल साउन २८ गते देवल पुन:निर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभाग लगायतको समूहले देवल क्षेत्रमा उत्खनन् गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको दावी छ ।

तोकिएको समयमा पुन:निर्माण नसकिएपछि २०७६ माघ मसान्तसम्म पहिलोपटक म्याद थपिएको थियो । प्राधिकरणका सचिवस्तरको निणर्य अनुसार पुन:निर्माणको म्याद थपिएको विभागका अधिकारीहरुले जनाएका छन् । पहिलोपटक थपिएको समयमा पनि काम सकाउन निर्माण व्यवसायीले ध्यान दिएनन् । २०७७ साल असार ५ गतेको निणर्य अनुसार २०७७ चैतसम्म दोस्रोपटक म्याद थपिएको थियो । एकै स्थानमा एउटै निर्माण व्यवसायीलाई तीन वटा सम्पदा पुन:निर्माणको ठेक्का दिने र नसक्दा कारबाही पनि नगर्ने सरकारी निकायका कारण निर्माण व्यवसायीमा हामीले जे गरेपनि हुन्छ भन्ने भावनाको विकास भएको स्थानीय युवा श्याम खड्गी बताउछन् ।

दोस्रोपटक थपिएको समयमा पुन:निर्माण सम्पन्न नभएपछि तेस्रोपटक म्याद थपका लागि निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्मको म्याद माग गरेकामा असोज मसान्तसम्म थप गरिएको थियो । यो समयमा पनि निर्माण व्यवसायीले काम सकेका छैनन् । तेस्रोपटक कोरोनाका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले म्याद चौँथोपटक थपको माग गरिरहेका छन् ।

कोरोनाको दोस्रो लहर भन्दै अर्थ मन्त्रालयको २०७८ भदौ ३ गतेको निणर्य अनुसार आगामी चैत मसान्तसम्म चौँथोपटक म्याद थप गर्ने तयारी भएको छ । हाल देव पुन:निर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको विभागका प्रवक्ता कुँवरले सुनाए । देवल पुन:निर्माणको लागत रु पाँच करोड ४६ लाख ६० हजार ७२८ छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×