प्रिमियर लिग : म्यानचेस्टर सिटीले लियो १२ अंकको आरामदायी अग्रता

काठमाडौँ- प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्ड्लाई २-० ले पराजित गरेको छ। यस जितपछि सिटीले १२ अंकको आरामदायी अग्रता समेत बनाएको छ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि रियाद माहरेज र केभिन डि ब्रुएनाले गोल गरे। खेलको ४०औं मिनेटमा माहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। म्याड्स रोएरस्लभले रहिम स्टरलिङलाई फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो र त्यसमा माहरेजले गोल गरे। ६९औं मिनेटमा ब्रुएनाले सिटीका लागि दोस्रो गोल गरे।

सिटीले यस जितपछि २४ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानको लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ। दुई खेल कम खेलेको लिभरपुलको ४८ अंक  छ। ब्रेन्टफोर्ड २३ अंकसहित १४औं स्थानमा रहेको छ।

प्रिमियर लिगकै अन्य खेलमा टोटनहम हट्सपर साउथह्याम्पटनसँग ३-२ ले पराजित हुँदा एस्टन भिल्ला र लिड्स युनाइटेडले ३-३ को बराबरी खेलेको छ। यस्तै नर्विच र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेले।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×