पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा

काठमाडौँ - कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ।

सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। यो फिल्मबाट पूजा महंगी अभिनेत्रीको रुपमा चर्चित भएकी हुन्। फिल्मबाट उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ। पूजाले ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’पछि यो प्रोजेक्टमा काम गरेकी हुन्।

पूजा र आकाश अभिनित दुई फिल्म प्रदर्शन हुँदैछन्। ‘सम्झना बिर्सना’पछि ‘सम्हालिन्छ कहिले मन’ मार्फत पूजा र आकाश दर्शकमाझ आउन लागेका हुन्। 

भदौ १७ मा अहिलेसम्म ‘सम्हालिन्छ कहिले मन’ बाहेकका अन्य फिल्मले रिलिज मिति तोकिसकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×