साफ यू-१५: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ - साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो।नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहदै पुछारमा छ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×