फेब्रुअरीमा विवाह गर्दै फरहान अख्तर

भारत। बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दाण्डेकर वैवाहिक बन्धनमा बाँधिने भएका छन्। फरहानका पिता तथा बलिउड गीतकार जावेद अख्तरले २१ फेब्रुअरीमा विवाह हुने जनाएका छन्। विवाह दर्ता २१ तारिखमा गरिने र सानातिना उत्सव राखिने बताइएको छ।

जावेदले भने, “यो जोडीले फेब्रुअरी २१ मा अदालतमा विवाह दर्ता गर्नेछन्। यसपछि खण्डालाको फार्महाउसमा परिवार र साथीभाइसँग अन्तरंग उत्सव मनाइनेछ। विवाहको सम्पूर्ण तयारीलाई वेडिंग प्लानरले हेरिरहेका छन्।”

कोरोनामहामारीका कारण विवाह सानो उत्सवबिच मात्र मनाइने बताइएको छ। विवाहका लागि अहिलेसम्म कसैलाई निमन्त्रणा भने पठाईएको छैन। जोडी करिब ४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×