पूर्वयुवराज्ञी हिमानीसँग अभिनेत्री मनिषाको भेट

काठमाडौं - अभिनेत्री मनिषा कोइराला र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटघाट भएको छ । कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्व युवराज्ञी शाहसँग भेटघाट भएको र अर्थपूर्ण कुराकानी भएको बताएकी छन् ।

शाहको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको बताउँदै कोइरालाले भनेकी छन्, ‘हिजो प्रिन्सेस हिमानी शाहसँगको भेटमा अर्थपूर्ण संवाद भयो, उनको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको छ ।’

भीएफवाई टिभी सो कार्यक्रमका लागि आइतवार राजधानीको होटल सोल्टीमा भएको भेटवार्तामा मनिषाले हिमानीको राष्ट्रप्रति गहिरो प्रेम रहेको भन्दै प्रसंशा समेत गरेकी छन् ।

उनले भनेकी छन्, ‘राष्ट्रप्रति उनको गहिरो प्रेम हिमानी ट्रष्टमार्फत गरिएका कामबाटै देखिन्छ ।’ कोइरालाले दुइजनाबिच रमाइलो कुराकानी भएको समेत बताएकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×