काठमाडौँ - नेपमेलो अस्ट्रेलियाको प्रस्तुतिमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको सङ्गीत रहेको छ।
गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाइ र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन्।नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ। यसका कोरियोग्राफर सुबोल थापा हुन्।
भिडियो पवन सुस्लिंगले छायाङ्कन गरेका छन् भने नवीन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन्।