१२ देखि १८ वर्षसम्मका बालबालिका निम्ति आयो थप २३ लाख ४० हजार मात्रा खोप

काठमाडौँ- कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आएको छ। अब २१ लाख डोज एस्ट्राजेनिका र ४० लाख सिनोभ्याक्स गरी ६१ लाख थप खोप आउने क्रममा छ।

स्वास्थ्य  सेवा  विभाग, आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा कोभ्याक्समार्फत थप २३ लाख ४० हजार मोडर्ना खोप आएको जानकारी दिए।

डा. चौरसियाले सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएको बताए। यो खोप १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाइने छ। डा. चौरसियाले ४० लाख मोडर्ना खोप देशैभर वितरण गरिने बताए।

यो खोप पनि सोही उमेर समूहका खोप लाउन बाँकी बालबालिकालाई लगाइने छ। यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो।

यसैबीच अब २१ लाख मात्रा एस्ट्राजेनिका र ४० लाख मात्रा सिनोभ्याक्स खोप आउने क्रममा छ। डा. चौरसियाले खोप आउने मिति भने निश्चित भइनसकेको बताए। गोरखापत्र दैनिकमा खबर छापिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×