सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीको मृत्यु

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा भएको मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत २८ वर्षीय प्रहरी जवान अविनाश राईको सोमबार मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिमणी नेपालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार डकाहबाट सिन्धुलीको भिमानतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प १६०६ नम्बरको मोटसाइकल गागन पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी जवान राईको मृत्यु भएको हो। खोटाङ जिल्ला जन्तेढुङ्गे गाउँपालिका ६ स्थायी ठेगाना भएका प्रहरी जवान राईको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×