काठमाडौँ - आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। पेरिरी भू क्रिकेट मैदानमा बिहिबार राति सम्पन्न भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व क्रिकेटरसँग हार बेहोरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा १ सय ९० रनमा अलआउट भयो। नेपालका आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेलेका थिए।
त्यस्तै विनोद भण्डारीले २६, करण केसीले २१, देभ खनालले २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाएका थिए। नेपालका कप्तान सन्दिपले ५ विकेट गिराए।
अल स्टार्सका मार्टी किनले ३ तथा मोहम्मद इलियास र आदि भाटीले २/२ विकेट लिए। १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेट्टायो। अल स्टार्सका लागि विकपुल शर्माले सर्वाधिक ५० रन बनाए भने इन्ड्रिज गौसले ४५ रन बनाउँदा ४० रन बनाएर गौरव बजाजएर अविजित रहेका थिए।
नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ।