काठमाडौँ - तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो ‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन्। ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए। शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र १ कार जितेका छन्।
सामाजिक सञ्जाल स्टार फैसल शेख उर्फ मिस्टर फैजू फस्ट रनर अप बनेका छन्। मोहित मलिक पनि ग्राण्ड फिनाले राउण्डसम्म पुगेका थिए। टेलिभिजन अभिनेत्री जन्नत जुबैर समय बढी लिएको कारण सेमीफाइनल राउण्डमै पराजित भइन्। शोको सञ्चालन रोहित शेट्टीले गरेका थिए।
फिनालेमा बलिउड अभिनेता रणवीर सिंह, वरुण शर्मा पनि अतिथीका रुपमा सहभागी भएका थिए। शोको फिनालेको उत्कृष्ट ५ मा तुषार कालिया, जन्नत जुबैर, फैजल शेख, मोहित मलिक, रुबिना दिलैक र कनिका मन रहेका थिए।