सेती नदिमा नुहाउने क्रममा बेपत्ता व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर 

काठमाडौं - बझाङ्ग जिल्लाको मस्टा गाउँपालिका ४ तातोपानी स्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।

सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षिय सुरेन्द्र कठायत यही कार्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । उनको खोजीकार्यको लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो ।

यसअघि सोमबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षिय छिरिङ्ग तामाङ्गको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको थियोे । गोताखोरले  मंगलबार  ११ः२५ बजेबाट  खोजतलास  शुरु गरेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×