माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा सहभागि प्रतिनिधिकाे अन्तिम टुंगाे लाग्याे, आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए । त्यस्तै प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए । उहाले १ सय ४८ जना मनोनित प्रतिनिधि हुने बताए ।

यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । माओवादी स्थायी कमिटी बैठक शनिबार दिउसो पुन बस्ने प्रवक्ता महराले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×