राष्ट्रियसभाको सीट बाँडफाट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं - राष्ट्रियसभामा सिट बाँडफाट गर्न सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्र्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको हो । एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो ।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए । एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×