मधुमेहका राेगीलाई लक्षित गरी काेहलपुरमा आँखा शिविर सञ्चालन

फाइल तस्बिर

काेहलपुर । कोहलपुर नगरपालिकाको समन्वयमा एक दिने आँखा शिबिरको आयोजना गरिएको छ । विशेष गरी सुगर रोगी भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको शिविरमा करिब ५ सय बढीले सेवा लिएका छन् ।

उनीहरुले आँखा चेक गर्नकै लागि नेपालगन्ज जानुपर्ने बाध्यता थियो । आँखा शिविरमा आएका स्थानीयहरुले गाउँ घरमै आँखा शिविर सञ्चालन भएपछि खुशी भएका छन् ।

मधुमेहबाट आँखामा समस्या उत्पन्न भई अन्धोपना ल्याउने समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको फत्तेबाल आखाँ अस्पतालले जनाएको छ ।

कोहलपुर क्षेत्रमा रहेको मधुमेह बिरामीहरुलाई लक्षित गरी आयोजना गरिएको एक दिने शिविरमा धेरै व्यक्तिले सेवा लिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय नेपालीहरुमा खानामा एकरुपता र बजारमा पाउने खाद्य पदार्थ लगाएत अन्य बस्तुहरुमा विषादीको अत्याधिक प्रयोगका कारण पनि स्वास्थ्यमा अनेकन समस्या उत्पन्न हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×