चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सर्वजनिक

काठमाडौँ - भारतीय अभिनेता विक्की कौशल, अभिनेत्री कियारा आडवाणी र भूमि पेडनेकर अभिनित चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक चलचित्रको पोस्टरमा विक्की टपोरी (आवारा) लुकमा देखिएका छन्। भूमि उनको पत्नी गौरीको रुपमा देखिएक्री छिन् भने कियारा विक्कीकी प्रेमिका सुकुको भूमिकामा देखिएकी छिन्। चलचित्रको पोस्टर डिज्नी हटस्टारको इन्स्टाग्राम अकाउन्टबाट सर्वजनिक गरिएको हो।

चलचित्रमा मा विक्कीले ‘गोविन्दा’ को भूमिका निभाएका छन्। सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गदै विक्कीले लेखेका छन्, ‘गोविन्द नाम मेरो, नाच्ने काम मेरो, आउँदैछु चाँडै, आफ्नो कहानी लिएर।

करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन्। चलचित्र एक क्राइम सस्पेन्स थ्रिलर कथामा आधारीत छ। जसमा परिवारको कथालाई प्रस्तुत गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×