छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं - सुनसरीको दुहबी नगरपालिका–११ स्थित सडकमा को.४ प ९१७८ नम्बर र को.२४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा को.४ प ९१७८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । को.२४ प १७५८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ सजन रोडस्थित सडकमा प्र.१–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक धनकुटा शहिदभूमि गाउँपालिका–१ घर भई हाल धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने ४९ वर्षीय हरिभक्त राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको गौरीगंज गाउँपालिका–५ चिलहरास्थित सडकमा को.३३ प ६३६४ नम्बर र को.२८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा को.३३ प ६३६४ नम्बरको मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–७ महदेवा बस्ने ६० वर्षीय कैला प्रसाद ताजपुरियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिम्याक्स अस्पताल गौरादह हुँदै निम्स अस्पताल दमकमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.२८ प ३०८६ नम्बरको मोटरसाइकल चालकको मेडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित सडकमा भे.२ त २४३ नम्बरको ट्याक्टरमा भे.५ प ५०५ नम्बरको मोटरसाइकल ठक्कर खाई भे.१२ प ८२८ नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा भे.५ प ५०५ नम्बरको मोटरसइकलमा सवार नेपालगंज उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय अमृत गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको मेडिकल कलेज कोहलपुरमा र २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महोत्तरीको गौशाला नगरपालिका–२ निगौलस्थित सडकमा बिआर ३० टि २१४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय सुभगिया देवी मण्डलको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषा हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको जानकी अस्पतालमा उपचार भइरहेको छ । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ ग्रिनलाईट होटल अगाडि कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ज.१२ प ७१५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक कञ्चनपुर भिमदत्त नगरपालिका–११ बस्ने २६ वर्षीय आकाश सोनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारा हुँदै एलएस न्यूरो अस्पताल परवानीपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा ज.२ प ८३०१ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काब्य जनकपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको स्थानीय भोगेन्द्र मेडिकल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×