‘सुशासन कायम गर्न अनुसन्धान केन्द्र कोसेढुङ्गा सावित हुन्छ’

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोसेढुङ्गा सावित हुने बताएका छन्। जनकपुरधामस्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आज उद्घाटन कार्यक्रममा उनले प्रदेशमा सुशासन कायम गर्न केन्द्रको स्थापना गरिएको र यो कोसेढुङ्गा सावित हुने बताए। 

स्थापना गरिएको अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई मुलुककै नमूना केन्द्रका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अनुसन्धान केन्द्रबाट कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई प्रशिक्षण दिने भएकाले यसलाई प्रदेश सरकारले महत्वका साथ लिएको बताए।

विगतमा सङ्घीय सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहतमा आएपछि गत पुस २८ गते प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा रूपान्तरित गर्दै केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको थियो। सो केन्द्रलाई मुख्यमन्त्री कार्यालयअन्तर्गत राखिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×