प्रेमध्वज प्रधानको गितार हार्ड रक क्याफेलाई

काठमाडौँ - दरबारमार्गस्थित शेर्पा मलबाट उक्लिएपछि भेटिन्छ हार्ड रक क्याफ । गत शुक्रबार क्याफेमा बेग्लै उत्सव थियो। जति जति साँझ छिप्पिंदै गयो, त्यहाँ सांगीतिक रंग चढ्दै गयो। मधुर संगीतको पाश्र्वध्वनिमा आगन्तुक आउने क्रम जारी थियो। यो जमघट थियो, हार्ड रक क्याफेको पहिलो वार्षिकोत्सवको।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गायक योगेश्वर अमात्यलगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा गायक योगेश्वर अमात्य र दिवंगत गायक प्रेमध्वज प्रधानको गितार क्याफेलाई प्रदान गरिएको थियो।

हार्ड रक एक अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो। सन् १९७१ मा । गत वर्ष काठमाडौंमा यसैको शाखा विस्तार गरिएको हो। शेर्पा मलको दोस्रो तलामा रहेको हार्ड रकमा विभिन्न पेयका साथमा कन्टिनेन्टल खानाको स्वाद पाइन्ज्छ। यहाँ बारमा बसेर मधुरसको स्वादमा रमाउन सकिन्छ भने रक संगीतमा झुम्दै मीठा मसिना परिकारको स्वाद चाख्न पाइन्छ।

हार्ड रकमा हरेक साँझ प्रत्यक्ष सांगीतिक प्रस्तुति हेर्न पाइन्छ। खासगरी रक संगीतका पारखीलाई यसले बढी आकर्षित गर्छ। यहाँको खान्की मात्र होइन, माहौलले पनि आगन्तुकलाई लोभ्याउँछ। ७०० वर्गमिटरमा रहेको यो क्याफेमा एकैपटक २०० जना अटाउन सक्छन्। हार्ड रकमा पाहुनालाई सिग्नेचर बर्गर, सलाद, स्यान्डविच र डेजर्टहरूसँग परम्परागत अमेरिकी स्वाद पनि उपलब्ध हुन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×