सुपर कपको उपाधि रियाल मड्रिडलाई

काठमाडौँ - रियाल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ। गएराती सम्पन्न खेलमा रियाल म्याड्रिडले जर्मनी क्लब एनट्राचट फ्र्यांकफर्टलाई २-० गोल अन्तरले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको हो।

रियाल म्याड्रिडको जितमा डेभिड अलाबा र करिम बेन्जमाले १/१ गोल गरेका थिए। खेलको ३७औं मिनेटमा कासेमिरोको असिस्टमा अलाबाले रियाल म्याड्रिडका लागि शुरुवाती गोल गरेका थिए भने दोस्रो गोल खेलको ६५औँ मिनेटमा भिनिसियस जुनियरको असिस्टमा करिम बेन्जमाले गरेका थिए।

यो जितसँगै च्याम्पियन्स लिग र युरोपा लिगको विजेतावीच खेलिने युइएफए सुपरकपको उपाधि रियाल म्याड्रिडले पाँचौं पटक जितेको छ।

रियल म्याड्रिडले यसअघि २०१७ मा युइएफए सुपरकपको उपाधि जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×