खेलाडीसँग मुख्यमन्त्री : ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। प्रदेश खेलकुद विकास परिषद्द्वारा मंगलबार सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उनले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताएका हुन्।

मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिए। “रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ”, उनले भने, “तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ।” साथै उनले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कर्भडहल बनाउने योजना रहेको बताए।

मुख्यमन्त्रीसँग कर्णालीका खेलाडीले जिल्ला खेलकुद विकास समितिलाई न्यूनतम कर्मचारी र प्रशिक्षक राख्न बजेटको व्यवस्था गर्न, निर्वाचन क्षेत्रका लागि विनियोजित पूर्वाधार बजेटअन्तर्गत खेल पूर्वाधारलाई प्राथमिकतामा राख्न सुझाव दिए। त्यस्तै, मुख्यमन्त्रीसमक्ष खेलाडीले जिल्ला र स्थानीयस्तरमा हुने प्रतियोगिताका विजेता खेलाडीलाई समेत सरकारले पदक तथा पुरस्कार प्रदान गर्न, सुरक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरी खेलाडी पलायन रोक्न, पर्यटनसँग खेल क्षेत्रलाई जोड्नुपर्ने लगायतका माग राखेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×