नेपाली कांग्रेस महाधिवेशन : मतदानमा सहभागी नहुने वरिष्ठ नेता पाैडेलकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा १३४ पदका लागि आज चुनाव हुँदैछ । सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने मतदान नगर्ने निर्णय गरेका छन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले यसको पुष्टि गरेका छन् ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी आफैं पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका उनले मतदानमा नै सहभागी नहुने घोषणा  गरेका हुन् ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुग्नुभइका देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताउएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×