मोरोक्कोसँगको हारपछि रेफ्रीमाथि ब्रुनो फर्नान्डेजको आक्रोश

काठमाडौँ - मोरोक्कोविरुद्धको क्वार्टरफाइनलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले रेफ्रीमाथि आक्रोश व्यक्त गरेका छन्।

शनिबार कतारको अल थुमामा रंगशालामा भएको खेलमा पोर्चुगल मोरोक्कसँग १-० ले हारेको थियो। यो जितसँगै मोरोक्कोक अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो। यो खेलका लागि फिफाले अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलालाई मैदान भित्रको जिम्मेवारी दिएको थियो।

तर, हारपछि पोर्चुगलका फर्नान्डेजले भने खेलका दौरान अर्जेन्टिनी रेफ्री आफ्नो टिमप्रति पूर्वाग्राही देखिएको बताएका थिए।

“मलाई थाहा छैन यदी उनीहरु विश्वकपको उपाधि अर्जेन्टिनालाई दिन चाहन्छन्। तर, म आफूलाई लागेको कुरा बोल्न चाहन्छु। प्रतियोगिताको उपाधि दौडमा रहेको देशको रेफ्री प्रयोग गर्नु निकै अनौठो हो,” फर्नान्डोले भने, “मैदानमा उनीहरु स्पस्ट रुपमा हाम्रो टिमविरुद्ध देखिन्थे।

पहिलो हाफमा मोरोक्कोका खेलाडीले म माथि बक्सभित्र गरेको फाउल स्पस्ट थियो। त्यसमा पोर्चुगलले पेनाल्टी पाउँनेमा शंका नै थिएन। फुटबल करियरमा म अहिलेसम्म गोलकिपरसँग एक्लै हुँदा बल प्रहार नगरी लडेको छैन। र त्यसबेला मैले प्रहारको अवसर पाउँथे भने त्यो गोल हुन्थ्यो। हामीले सेमिफाइनल खेल्ने दृढ वाचा गरेका थियौं। र, खेलमा हामी कमजोर पनि थिएनौं। तर अफसोस फुटबलमा हुने यस्ता घटनाले हामीलाई पछि पार्यो।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×