पिएसजीको सहज जितमा एम्बाप्पेको २ गोल

काठमाडौँ - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ। शुक्रबार राति भएको खेलमा पीएसजीले एसी एजासियोलाई ३-० ले पराजित गरेको हो।

पीएसजीको जितमा केलियन एमबाप्पेले २ गोल गर्दा मेस्सीले १ गोल थपेका थिए।

खेलको २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। उनले मेस्सीको पासमा गोल गरेका थिए। पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु २ गोल थप गरेको थियो।

७८ औं मिनेटमा एमबाप्पेको सहयोगमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ८२ औं मिनेटमा उनै मेस्सीको सहयोगमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पीएसजीको जित पक्का गरेका थिए।

पीएसजी फ्रेन्च लिग वानमा १२ खेलबाट ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। पराजित भएको एजासियोले १२ खेलबाट ८ अंकसहित रेलिगेशन जोनमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×