काठमाडौँ - चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ। १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो।
चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी ९एचएजीओसी०ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो।
प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो। तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएको छ।