किपचोगेले आफ्नै कीर्तिमान तोडे

काठमाडौँ - ओलम्पिकमा दुईपटक विजेता बनेका इलिउड किपचोगेले उनकै म्याराथन विश्व कीर्तिमान तोडेका छन्।

बर्लिनमा आइतबार भएको पुरुष म्याराथनको दूरी केन्याका धावक किपचोगेले २ घण्टा १ मिनेट र ९ सेकेन्डमा पूरा गरेका हुन्। उनले अघिल्लो उनको कीर्तिमानलाई ३० सेकेन्डले छायाँमा पारेका छन्। उनले ४ वर्षअघि जर्मनको राजधानी सहरमा उक्त कीर्तिमान राखेका थिए।

यो किपचोगेको बर्लिनमा चौथो जित पनि हो। उनले इथियोपियाका महान् धावक हाइले गेबरसेलासिसको कीर्तिमान पनि बराबर गरेका छन्। उक्त दौडमा केन्याकै मार्क कोरिर दोस्रो भएका छन्। उनी किपचोगेभन्दा ४ मिनेट ४९ सेकेन्डले पछि परेका थिए। महिला म्याराथनको उपाधि भने इथियोपियाकी टिगिस्ट असेफाले जितिन्। उनले २ घण्टा १५ मिनेट ३७ सेकेन्डको समय लिएकी हुन्।

कीर्तिमान तोडेको खुसीमा किपचोगेले बताए, मेरो तयारीसँग म खुसी छु र मलाई लाग्यो, म टिमवर्कको कारण ज्यादै छरितो भएँ। म युवाहरूलाई प्रेरित गर्न चाहन्छु। खेलकुदले मान्छेलाई एकताबद्ध बनाउँछ र त्यसैबाट मलाई उत्प्रेरित गर्छ।

३७ वर्षीया किपचोगेले करियरमा १७ वटा म्याराथनमा भाग लिएका छन्। यसमध्ये उनी १५ वटामा विजेता बनिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×