नाइजेरियामा भवन भत्किँदा नौ जनाको मृत्यु

काठमाडौँ - नाइजेरियामा एक भवन भत्किँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। दक्षिणी नाइजेरियाको लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको जनाइएको छ। भवन भत्किएका कारण नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किएको हो। यसअघि घटनामा ८ जनाको ज्यान गएको बताइएको थियो। यद्यपि उद्धारका क्रममा थप एक जनाको शव भेटिएको हो। हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो।

सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ। सो भवनमा कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×