ज्ञान ज्योती अन्तर कलेज भलिबलको फाईनलमा

दाङ - ज्ञान ज्योती दाङको तुलसिपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर दाङको आयोजना संचालित प्रतियोगिताको आज शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा लाई २५-१८,२५-११ र २९-२७ को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योती कलेज तुलसिपुरले फाईनल यात्रा तय गरेको हो।

यसैबिच प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम र न्यु होराईजन स्कुल बुटवल रुपन्देही भिड्नेछन्।

यी २ को खेल बाट बिजेता टिमले शनिवार उपाधिका लागि हुने फाइनल खेलमा ज्ञान ज्योती कलेज तुलसिपुर सँग  प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×