पुरुष फुटबलमा आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

पोखरा - पुरुष फुटबलमा त्रिभुवन आर्मी र एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १-० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। एपिएफले सुदूरपश्चिमलाई ५-१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा विस्थापन्न खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। समूह ‘सी’को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो। आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनीलाई ४-१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २-० ले हराएको थियो। 

दोस्रो सेमिफाइनलमा एपिएफ र सुदूरपश्चिमले पहिलो हाफ १-१ को बराबरी खेलेको थियो । मध्यान्तरपछि सुदूरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो। एपिएफको जितमा प्रदीप लामाले २ गोल गरेका थिए।

एपिएफ समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो। सुदूरपश्चिम समूह ‘डी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो। प्रतियोगिताको फाइनल खेल ३ कात्तिकमा पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×