युरोपा लिगमा आर्सनलको कठिन जित

काठमाडौँ - युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले जित हात पारेको छ। उसले गएराति समूह ‘ए’ अन्तर्गतको खेलमा डच टोली पिएसभीविरुद्ध १-० को कठिन जित हात पारेको हो।

यो जितसँगै उसले २ खेल अगावै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन ग्रानिट जाकाले निर्णायक गोल गरेका थिए।

उनले खेलको ७० औं मिनेटमा ताकेहिरो तोमियासुको पासलाई गोलमा परिणत गरेका थिए। योसँगै शतप्रतिशत जित हात पारेको आर्सनल ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहँदा पराजित पिएसभी समान खेलबाट ७ अंकका साथ दोस्रोमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×