च्याम्पियन्स लिगमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ - च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि ३२ टोली सहभागी हुने प्रतियोगिताको सन् २०२४/२५ को सिजनबाट ३६ टोली बनाउने युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बताएको छ।

नयाँ फर्म्याट अनुसार च्याम्पियन्स लिगमा हरेक टोलीले १० म्याच विकमा ८ खेल खेल्न पाउने छन्। यस्तै विगतको युरोपियन प्रदर्शनको आधारमा व्यक्तिगत क्लबलाई च्याम्पियन्स लिगमा दुई स्थान दिने योजना रद्द गरिएको छ। युुईएफएका अध्यक्ष अलेक्सेन्डर सेफेरिनले युरोपेली फुटबलका लागि यो एक महत्वपूर्ण निर्णय भएको जानकारि दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×