काठमाडौँ - काठमाडौँमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा आज १ खेल हुँदैछ छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने समूह `बी´ अन्तर्गतकाे खेलमा श्रीलंकाले भुटानकाे सामना गर्नेछ।
खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ। पहिलो खेल खेल्न लागेकाे श्रीलंका भुटानलाई हराएर सुखद सुरुवातको योजनामा छ। पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भुटानलाई सेमिफाइनल सम्भावना जीवित राख्न याे खेल जित्नैपर्ने दबाब छ।
महिला साफ च्याम्पियनसिपमा यी दुईले हालसम्म ४ खेलमा एकअर्काकाे सामना गरेका छन्। श्रीलंकाले ३ जित निकाल्दा १ खेल बराबरीमा सकिएको छ।
सन् २०१० को पहिलो भेटमा यी २ ले १-१ को बराबरी खेलेका थिए। सन् २०१४ को पछिल्लाे भेटमा श्रीलंका ३-० ले विजयी भएकाे थियाे।