राहुलको कीर्तिमान तोड्ने संघारमा बेन्जिमा

काठमाडाैँ - फ्रेन्च स्टार करिम बेन्जिमाले रियाल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले रियका लागि ३२३ गोल गरेका हुन्। उनीसँगै राहुल गोन्जालेसले पनि ३२३ गोल गरेका छन्।

राहुलको कीर्तिमान तोड्न बेन्जिमालाई मात्र एक गोलको खाँचो छ। बेन्जिबाले बिहीबार राति भएको खेलमा लेभोन्टेविरुद्धको खेलसँगै यो रेकर्ड बराबरी गरेका हुन्। रियालका लागि बेन्जिमाले ला लिगामा २१९, च्याम्पियन्स लिगमा ७४, कोपा डेल रेमा २१, क्लब वर्डकपमा ३, स्पेनिस सुपर कपमा ५ र युरोपियन सुपर कपमा १ गोल गरेका छन्।

रियालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनले रियालका लागि सबै खाले प्रतियोगितामा ४५१ गोल गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×