मुरलीधरको ‘तिमीलाई रोजेँ’ नयाँ भर्सनमा आउँदै

काठमाडौँ - गायक राजेश पायल राईले कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजेँ पुनः आफ्नो स्वरमा रि-रेकर्ड गराएका छन्। यसबारे उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यस गीतलाई भिडियो निर्माण गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ।

वर्षौँ पहिले गायक, संगीतकार, गीतकार तथा कलाकार समेत रहेका मुरलीधरको उक्त गीतलाई गायक राजेशपायलले आफ्नो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम बैगुनी रैछौ मायालु एल्बममा संग्रहित गरेका थिए।

संगीतकर्मी तथा कलाकर्मी मुरलीधर र गायक राजेशपायलबीच उक्त गीत नयाँसाज सज्जाका साथ पुनः रेकर्ड गरी रिलिज गर्ने सम्झौता भएको छ।

यसै अवसरमा गायक राजेश पायल र मुरलीधरसँग नयाँ गीत संगीतको लागिसमेत सहकार्य हुने सम्झौता गरिएको छ। गायक राजेशपायलले यो गीतबाट मुरलीधरसँगको सहकार्यको श्रृंखला अघि बढ्ने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×