काठमाडौँ। सामाजिक अभियान्ता बताउने शर्मिला वाइवा पक्राउ परेकी छिन्। यो कुराको जानकारी साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले दिएका हुन्। अभिनेत्री रेखा थापाले केहि समयअघि आफूलाई गालीगलौज गरेको भन्दै साइबर ब्यूरोमा जोहरी दिएकी थिइन्। नायिका थापाको तर्फबाट उनकी दिदी तारा थापाले जोहरी दिएकी हुन्। पल शाह प्रकरणमा नाबालिगको पक्षमा थापाले बोलेपछी शाहका सर्मथकले उनलाई बिभिन्न किसिमका गालीगलौज गरेका थिए। जाहेरीमा 'ए वान मिडिया'ले असभ्य टिप्पणी गरेको जनाइएको थियो।