काठमाडौँ। मार्वल युनिभर्सका सुपरहिरो चलचित्रहरु र वेब सिरिजलाई पछ्याउने प्रशंसकहरुलाई थाह छ की अब मल्टीभर्सको राज खुल्ने वाला छ। 'लोकी' सीरीजमा मल्टीभर्स थ्योरीजलाई नयाँ तरिकाले प्रस्तुत गरिएको थियो। त्यसपछी मार्वलको आउँदो चलचित्र 'डाक्टर स्ट्रेन्ज इन द मल्टीभर्स अफ म्याडनेस'मा दर्शकहरुले मल्टीभर्सको नयाँ कथा हेर्न पाउनेछन्।
चलचित्रमा डाक्टर स्ट्रेन्जले मल्टीभर्सको ढोका खोल्नेछन् र सोबाट आएको समस्याबाट संसारलाई कसरि बचाउनेछन् भन्ने देखाइनेछ। चलचित्र ६ मेमा सिनेमाघरमा लाग्नेछ। चलचित्रको ट्रेलर हेरेर प्रशंसकहरु उत्साहित बनेका छन्।