काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ।
दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जीनियर सुमित केसीले बताए। उनले भने, “चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ।”
उत्तरतर्फको निर्माणस्थलमा एउटा घर रहेको छ जुन घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले जनाएको छ। घरधनी स्थानान्तरणका लागि सहमत नभएपछि अहिले सो विषय मुद्दामा छ। कोभिड सङ्क्रमणका लागि असर पुगेका अरु ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ। त्यतिबेलामासम्म निर्माण सकिने इञ्जीनियर केसीले बताए। काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उनको भनाइ छ।
काठमाडौँ उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ।