बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र : प्रदेश प्रमुख परियार

सुर्खेत- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताएका छन्। प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गरे। 

“बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ”, परियारले भने, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ।” गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवर्धनका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्ने उनले बताए। सो क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि प्याराग्लाडिङ उडान भर्दै आएको छ।

सो वडाका वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाए। सङ्घ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारोजस्तै भएको उनको भनाइ थियो। पानी, बत्ती र पक्की बाटोको समस्या रहेको सो क्षेत्रको विकासका लागि पहल गरिदिन स्थानीयवासीले प्रदेश प्रमुख परियारसँग माग गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×