रोमेलु लुकाकु इन्टरमा अनुबन्धित

काठमाडौँ - इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ। इन्टरले २९ वर्षीय लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।

इन्टरले बुधबार राति लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ। लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुन: ७ वर्षपछि अनुबन्धित भएका थिए। लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका थिए।

लुकाकुले सन् २०१४ मा चेल्सी छाडेर एभर्टन गएका थिए। एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए।

२०१७ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले ९६ खेल खेल्दै ४२ गोल गरेका थिए। युनाइटेडपछि  लुकाकु २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए।

लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल र २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×