अभिनेत्री उषा रजकले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी हुन्?

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री उषा रजकले ‘इकु', 'कुसुमे रुमाल २', 'कथा’ आदि चलचित्रमा काम गरिसकेकी छिन्। रसियन नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएकी उषा पुन: ८ वर्षपछि चलचित्र 'कठपुतली'का माध्यमबाट अभिनयमा फर्किएकी छिन्। विवाहपश्चात किर्गिस्थान गएकी उनले त्यहाँ ७ वर्ष बिताइन्। यसैबिच चलचित्र 'कठपुतली'मा काम गर्न उनले आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेको हल्ला नेपाली सिनेजगतमा चलेको छ। 

सो कुरालाई उषाले अफवाह बताएकी छिन्। काठमाडौँमा मंगलवार आयोजित एक कार्यक्रममा उनले  भनिन्, ‘श्रीमानसँग भेटघाट भइरहन्छ । डिभोर्सको कुरा चाहिँ हल्लै हल्ला हो। केही समयअघि उहाँ नेपाल आएर जानुभयो। लकडाउनमा म र बच्चा तीन महिना किर्गिस्थान गएर बसेका थियौं। मेरो सपना पूरा गर्नका लागि परिवारबाट राम्रो साथ छ।’

चलचित्र ‘कठपुतली’ मा अभिनय गर्न उनले यूएनडिपीको जागिर भने छोडेको बताइन्। उनले भनिन् "सन् २०१८ को कुरा हो। म यूएनपिडीमा काम गर्थेँ। त्यतिक्कैमा सम्पदा मल्लले फिल्म ‘कठपुतली’ को अफर गर्नुभयो। जब मैले स्क्रिप्ट पढेँ, तब मलाई मुक्ति पाएको जस्तो महशुस भयो। अनि, मैले यूएनडिपीको जागिर छाडेरै फिल्ममा अभिनय गर्नका लागि नेपाल आएँ।" पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्रमा उषाका अलावा  गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, सुवर्ण थापा आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्र यही पुस १६ गतेदेखि प्रदर्शनमा आउदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×