परिजिता द भ्यावइसको शीर्ष १० मा

काठमाडौँ - नेपाली मूलकी परिजिता बास्तोला ‘द भ्वाइस’को अमेरिकन संस्करणको शीर्ष १० मा पुग्न सफल भएकी छिन्। शीर्ष १० को दौडमा रहेका ३ जना प्रतियोगी बाहिरिँदा परिजिताले भने अगाडीको यात्रा तय गरेकी छिन्।

‘द भ्वाइस’को अमेरिकन संस्करणमा उत्कृष्ट १० को सफल यात्रा गरेकी परिजितालाई विश्वभर छरिएर रहेका नेपालीले भोट गरेका थिए। उनले एकपछि अर्को सफलता हात पार्दैै जाँदा विश्वभरका नेपाली उत्साहित देखिएका छन्।

गत सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र भोट गर्न ठूलो नेपाली समुदाय भेला भएको थियो। नोभेम्बर २२ को बिहान ७ बजे सम्म आएको भोटको आधारमा परिमिताको उत्कृष्ट १० को यात्रा तय भएको हो।

परिजिता जोन लिजेन्डको टोलीमा छिन्। उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी पहिलो प्रतियोगी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×