काठमाडाैँ - बलिउड अभिनेत्री दीपिका पादुकोण लुइस भिटनको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन्। फ्रान्सेली लक्जरी हाउसले एक विज्ञप्ती जारी गर्दै उनलाई ब्रान्ड एम्बेसेडर नियुक्तिको घोषणा गरेको हो।
हिन्दुस्तान टाइम्सका अनुसार फ्रान्सको लक्जरी ब्रान्डको एम्बेसेडर बन्ने उनी पहिलो भारतीय अभिनेत्री हुन्। उनी लुइस भिटनको एम्बेसेडर भएसँगै ब्यागको प्रचार गरेकी छन्।
‘दीपिका पछिल्लो समयकी सफल भारतीय अभिनेत्रीको रूपमा चिनिन्छन्। उनको उपलब्धिहरूले उनलाई हाल आइकन बनाएको छ,’ ब्रान्डले विज्ञप्तीमा उल्लेख गरेको छ।