गलकोट। रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ।
घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते भएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिए।