काठमाडौँ - युइएफए नेसन्स लिगमा डेनमार्कले सहज जित निकालेको छ। गएराति भएको खेलमा डेनमार्कले अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको हो।
डेनमार्कलाई जित दिलाउनको लागि जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले समान १/१ गोल गरेका थिए।
खेलको २१औं मिनेटमा जोनास वाइन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। ३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारेका थिए।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा डेनमार्कले सहज जित हासिल गरेको हो। यो जितसँगै डेनमार्क ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ। पराजित अष्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा छ।