'ह्यारी पोटर'को मुख्य भूमिकामा काम गरेकी बेलायती अभिनेत्री फिलिप्सको निधन

काठमाडौँ - 'ह्यारी पोटर' सिरिजमा मुख्य भूमिका निर्वाह गर्ने बेलायती अभिनेत्री लेस्ली फिलिप्सको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी उनको ९८ वर्षको उमेरमा निधन भएको हो।

लेस्ली फिलिप्सका एजेन्ट जोनाथन लोयडले उनको मृत्युको पुष्टि गरेका छन्। एजेन्टले लेस्लीको सोमवार सुतिरहेको अवस्थामा मृत्यु भएको जनाएका छन्।

लेस्ली फिलिप्सको जन्म २० अप्रिल १९२४ मा लन्डनमा भएको थियो। उनले आफ्नो करियरमा २ सय भन्दा बढी चलचित्रमा काम गरिसकेकी थिइन्। 

ह्यारी पोटर शृङ्खलाको मुख्य पात्र ह्यारी पोटरको टोपी रहेको सोर्टिङ ह्याटलाई लेस्ली फिलिप्सले स्वर दिएकी थिइन्। ह्यारी पोटरका कारण उनी युवा पुस्तामा पनि लोकप्रिय थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×