लीला गजमेरको स्वरमा रहेको ’पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ। गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ।

यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ। पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलिमा तयार परेका छन्। भिडियोमा एउटा सिंगो कथा बुनेका छन्। जहाँ, संवाद पनि समावेश छ। एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा मार्फत दर्शाइएको छ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय छ। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्किको रहेको छ। बिहीवार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×