‘तेरो दाइ मेदी’ भन्दै भाइरल भएका युवक पक्राउ

कपिलवस्तु - एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए। मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्चाल टिकटक र फेसबुकमा छाएका थिए। ‘तेरो दाइ मेदी’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल ती युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन्। प्रहरीका अनुसार म्यादीको पोशाक लगाएर भिडियो बनाएर भाइरल हुने यी युवक म्यादी प्रहरी भने होइनन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले आफ्ना फुपुका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ।

उनले फुपुको छोरा घरमा नभएको बेला पोशाक लगाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले यसबारे युवकका फुपुका छोरासँग पनि सोधपुछ गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×